दफा
प्रशासनिक कार्य सञ्चालनका आधार
मुलुकमा सुशासन कायम गर्नका लागि यसऐन वा अन्य प्रचलित कानून बमोजिम प्रशासनिक कार्य सम्पादन गर्दा त्यस्तो कार्यसम्पादन गर्ने पदाधिकारीले संविधान तथा अन्यप्रचलित कानूनमा व्यवस्था भएकाकुराहरुको अतििरक्त देहायका आधारमा कार्य सम्पादन गर्नु पर्नेछः –(क) राष्ट्र र जनताको वृहत्तर हित,
(ख) समन्याय र समावेशीकरण
(ग) कानूनको शासन,
(घ) मानवअधिकारको प्रत्याभूति
(ङ) पारदर्शिता,वस्तुनिष्ठता,जवाफदेहिता तथा इमान्दारिता,
(च) आर्थिक अनुशासन एवं भ्रष्टाचारमुक्त, चुस्त र जनमुखी प्रशासन,
(छ) प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षता,
(ज) प्रशासनिक संयन्त्रमा र निर्णयमा सर्वसाधारणको पहुँच,
(झ) विकेन्द्रीकरण तथा अधिकार निक्षेपण
(ञ) जनसहभागिता तथा स्थानीय स्रोतको अधिकतम उपयोग ।